'सरकारलार्इ घुँडा टेकाएरै छाड्छाैं'
कर्णालीका यातायात व्यवसायीयले राज्यले नै सिन्डिकेट लाद्न खोजेको भन्दै सरकारको घुडा टेकाउने उद्घोष गरेका छन् ।
मंगलबार सुर्खेतमा आयोजित यातायात व्यवसायी आन्दोलनका सहभागीले सरकारले व्यवसायीहरुलाई निरुत्साहित गरेको र त्यसविरुद्ध लाग्ने अडान लिएको बताएका छन् ।
मध्यपश्चिम यातायात व्यवसायी संघका अधयक्ष विष्णु खड्काले भने,‘राज्यलेनै सिन्डिकेट कायम राख्न खोजेको छ सरकारमा सिन्डिकेट, पार्टीमा सिन्डिकेट हरेक व्यवसायहमा सिन्डिकेटको प्रश्रय सरकारले नै दिएकाे छ ।’
सरकारले पूर्ण बिमा लागू गर्ने बित्तिकै धेरै समस्या समाधान हुने उनको भनाई थियो । तर सरकार नै त्यो लागू गर्न नमान्ने भन्दै सरकार नै माफियाहरुमार्फत गाडी भित्र्याएर कमिसनको चंगुलमा फसेको आरोप व्यवसायीको छ ।
व्यवसायीले विभिन्न चरणमा आन्दोलनको घोषणा गरेका छन् जसमा वैशाख १४ र १५ गते क्यू फ्रि गरेर जसलाई जुन रुटमा सवारी चलाउन मन लागेको छ सो रुटमा सवारी चलाउन दिने, १६ गते यातायात कार्यालय घेराउ गर्ने, १७, १८ र १९ गते प्रचारप्रसार गर्ने, २१ गते आआफ्नो गाडीहरुलाई घर वा ग्यारेजमा थन्काउनेलगायत कार्यक्रम तय गरेका छन् ।
कर्णाली यातायात सरकारलार्इ घुँडा टेकाउँछाैं