News रोजगार

कतारमा ४ सय २७ नेपाली अलपत्र

कतारमा ४ सय २७ नेपाली अलपत्र

काठमाडौं । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । 

 

यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो । कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । 

 

उनीहरुको ४ महिनादेखि ७ महिनासम्मको तलव रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ ।

 

कम्पनीमा मासिक रुपमा २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् ।,यो खबर आजको कान्तिपुरमा छ । 
 

कतारमा नेपाली अलपत्र

विशेष