विदेश

पैदलयात्रुमाथि भ्यान गुडाइयो, १० जनाको मृत्यृ, १६ घाइते

पैदलयात्रुमाथि भ्यान गुडाइयो, १० जनाको मृत्यृ, १६ घाइते

काठमाडौं । क्यानडाको शहर टोरोन्टोमा एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रुमाथि योजनाबद्ध ढङ्गले जोताउँदा १० को मृत्यु भएको छ । अन्य १६ घाइते भएका छन् ।

 

प्रहरीका अनसार ती चालकले पैदलयात्रुमाथि तीव्र गतीमा भ्यानलाई गुडाएको र कैयौं पटक सडकमा र पैदलमार्गमा ल्याउने लैजाने गरेका थिए । घटनास्थलबाट ड्राइभर फरार भएपनि उनलाई पछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।


‘ड्राइभरले भ्यानलाई सुरुमा पैदलमार्गमा चढाएकाे त्यसपछि पैदलयात्रुमाथि जोताए र भ्यानलाई सडकमा ल्याए,’ प्रत्यक्षदर्शीले बताए ।

 

उक्त घटना योंग स्ट्रिट र फिन्च एभिन्यूमा सोमबार स्थानीय समायानुसार दिउँसो साढे एक बजे भएकाे हाे । प्रहरीले मानिसहरुलाई उक्त इलाकाबाट टाढै रहन आग्रह गरेको छ । नजिकैका रेल सेवा पनि स्थगित गरिएको छ ।

 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले घटनाबारे छानबीन भइरहेको पत्रकारलाई जानकारी दिए । प्रधानमन्त्री ट्रूडोले भने ‘जो यस घटनाबाट प्रभावित भएका छन्, हाम्रो समवेदना उनीहरुसँग छ । हामी केही समयमा स्थितीबारे अनुसन्धान गर्नेछौं र यसबारे जानकारी दिनेछौं ।’

क्यानडा पैदल यात्रुमाथि भ्यान गुडाइयो

विशेष