News प्रदेश ३

एकैपटक ६ हजारभन्दा बढी प्रहरीकाे सरूवा र १६ सयकाे बढुवा हुने

एकैपटक ६ हजारभन्दा बढी प्रहरीकाे सरूवा र १६ सयकाे बढुवा हुने

काठमाडाैं । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् ।

 

महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको हो । 

 

तीन वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल, र प्रकाश अर्याललाई चुनौती दिँदै महानिरीक्षक बढुवा भएका खनालले सरुवा र बढुवा एकैपटक अघि बढाउन निर्देशन दिएका हुन् ।

 

प्रहरी प्रधान कार्यालयले एकैपटक जवानदेखि अधिकृतसम्म गरी छ हजारको सरुवा एक हजार ६ सयभन्दा बढीको बढुवा गर्न लागेको छ । 

प्रहरी प्रधान कार्यालयका कमाइ हुने विभिन्न इकाइमा लामो समयदेखि बस्दै आएका जुनियर तथा सिनियर प्रहरी अधिकृतको सरुवाको तयारी गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

प्रहरी सरूवा

विशेष