News अपराध सुरक्षा प्रदेश ५

जिल्ला शिक्षा अधिकारीद्वारा किशाेरीमाथि बलात्कार प्रयास

जिल्ला शिक्षा अधिकारीद्वारा किशाेरीमाथि बलात्कार प्रयास

बर्दिया । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । 

 

नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यवहार गरेको आरोप एक किशाेरीले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ किशाेरी बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् । 

 

उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टी भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित किशाेरीको आरोप छ । 

 

फुपु खाना पकाउन भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुव्र्यवहार गरेको आरोप छ । पढाउने बहानामा अँगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले उनलाई दुव्र्यवहार गरेको आरोप छ । 

 

नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । उनका अनुसार नेपालविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

बलात्कार जिल्ला िशक्षा अधिकारी

विशेष