बलिउड अभिनेता राजपाल यादवमाथि ६ महिनाकाे जेल सजाय
एजेन्सी । दिल्लीको कडकडडूमा आदालतले चेक बाउन्स मामिलामा अभिनेता राजपाल यादवलाई ६ महिना जेल सजाय सुनाएको छ । यद्यपि, उनलाई तुरुन्तै जमानतमा रिहा गरिएको छ ।
राजपाल यादव र उनकी पत्नीको कम्पनीविरुद्ध ७ वटा चेक बाउन्सको मुद्दा दर्ता थियो । यस मुद्दामाथि अदालतले २३ अप्रिलमा फैसला सुनाएको हो ।
रिपोर्टका अनुसार अदालतले प्रतिचेक १.६० करोड भारु जरिवाना तिर्न यादवलाई आदेश दिएको छ । यस हिसाबले उनले कूल ११.२० करोड भारु जरिवाना तिर्नुपर्नेछ ।
यसमा ममिलामा राजपाल यादवपत्नी राधालाई पनि अदालतले १० लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले सजाय सुनाएपछि यादवले मिडियासँग कुरा गर्दै अदालतको फैसलाको सम्मान गर्ने बताए । उनले यो मामिलामा उच्च अदालत जाने पनि बताए ।
२० अप्रिलमा दोषी करार
गत अप्रिलमा अदालतले राजपाल यादव र उनकी पत्नी चेक बाउन्स मुद्दामा दोषी करार गरेको थियो । अदालतका अनुसार आरोपीले चेकमा आफ्नो हस्ताक्षर भएको स्विकारेका थिए ।
चेक बाउन्सको यो मुद्दा सन् २०१० को हो । लक्ष्मीनगरस्थित मुरली प्रोजेक्टस लिमिटेडले प्रीत विहार थानामा सात वटा चेक बाउन्स भएको उजुरी दर्ता गरेको थियो ।
कम्पनीका अनुसार यादवले ‘अता पता लपता’बनाउन ५ करोड ऋण लिएका थिए । सन् २०१२ मा चलचित्र रिलिज भयो, तर चलचित्र फ्लप हुन पुग्यो । त्यसपछि यादवले फैसा तिरेनन् ।
उजुरीपछि यादवलाई अदालतमा उपस्थित हुन आदेश दिए पनि उनी अदालत गएनन् । उनको वकिलले गलत हलफनामा पेश गरेपछि अदालत रुष्ट बनेको थियो ।
सन् २०१३ मा यही मामिलामा यादवलाई दिल्ली उच्च अदालतले यादवलाई न्यायिक हिरासतमा पठाएको थियो ।
राजपाल यादव चेक बाउन्स