विदेश मनोरञ्जन

सानिया मिर्जा गर्भवती, बेबी मिर्जा मलिक अाउँदै

सानिया मिर्जा गर्भवती, बेबी मिर्जा मलिक अाउँदै

एजेन्सी । भारतकी चर्चित टेनिस खेलाडी सानिया मिर्जाले सोसल मिडियामा आफू गर्भवती भएको जानकारी दिएकी छन् ।

 

सानियाले ट्वीटरमा #BabyMirzaMalik सहित दुई वयस्कको टीसर्टसहित एक बच्चाको टीसर्टमा मिर्जा मलिक लेखेकी छन् ।

 

सानियाले सन् २०१० को अप्रिलमा पाकिस्तानी क्रिकेटर शोएब मलिकसँग विवाह गरेकी थिइन् ।


यस्तै, सानियाका पिता इमरान मिर्जाले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार सानियाले अक्टोबरमा सन्तानलाई जन्म दिँदै छिन् ।

 

एक पारिवारिक साथीमार्फत जारी गरिएको एक बयानमा सानिया र शोएबले भनेका छन्, ‘हामीले निकै अघिदेखि यसबारे सोचेका थियौं । 

 

अहिले लाग्छ कि परिवार सुरु गर्ने यो सही समय हो । जब हामीलाई यसबारे थाहा भयो तब हामी यति आनन्दित भयौं कि यो खबरलाई आफ्ना साथी र प्रशंसकमाझ सार्वजनिक गर्न कुर्न सकेनौं । 

 

हामी हाम्रो जीवनको यो नयाँ यात्रा र अभिभावकको रुपमा आफ्नो नयाँ जीवन यात्राका लागि निकै उत्साहित छौं ।’सानियाको ट्वीटपश्चात् उनलाई शुभकामना र बधाई दिनेको ओइरो लागेको छ ।

सानिया मिर्जा

विशेष