बजेट अधिवेशन वैशाख २३ गते हुने

काठमाडाैं । संघीय संसद् सचिवालयले संसद्को बजेट अधिवेशन वैशाख २३ गते बोलाउन सरकारसँग प्रस्ताव गरेको छ।
नीति तथा कार्यक्रम र बजेटपूर्वको छलफलका लागि ढिलामा २३ गते अधिवेशन आह्वान गर्न उपयुक्त हुने रायसहित सचिवालयले सरकारलाई प्रस्ताव गरेको सचिवालयका प्रवक्ता भरत गौतमले बताए।
संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुनेछ। संसद्को पहिलो अधिवेशन चैत २० गते अन्त्य गरिएको थियो। निर्वाचनपछि फागुन २१ गतेदेखि पहिलो अधिवेशन बोलाइएको थियो।
बजेट अधिवेसन