राजनीति भिडियो इतिहास र अनुभूति कभर स्टोरी

डा. केसीको मागः नरेन्द्र मोदी नेपाल आउँदा नाकाबन्दीको हिसाव खोज्नुपर्छ (भिडियो)

मोदीलाई नेपाल आउन पहिले झैँ सजिलो छैन !

डा. केसीको मागः नरेन्द्र मोदी नेपाल आउँदा नाकाबन्दीको हिसाव खोज्नुपर्छ (भिडियो)

काठमाडौं । ‘पहिलो गाँसमै ढुंगा’ झैँ भयो वाम एकताको मिति घोषणा कार्यक्रम । एकताको लागि मिति घोषणा गर्ने भन्दै भेला भएका एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच ब्यानरकै विषयमा ठूलो विवाद भएपछि कार्यक्रम रुमल्लियो ।

 

अन्ततः दुबै पार्टीका नेताहरुको भाषण पहिले झैँ भयो । जसले गर्दा दुई पार्टीबीच गम्भीर समस्या अझै सुल्झिएको छैन भन्ने देखियो ।

 

त्यसो त, माओवादीका कार्यकर्ताहरुले आफूहरुलाई एमालेले बिलय गराउने मनशायबाट पार्टी एकता गराउन खोजेको भन्दै कार्यक्रमस्थलमै नारावाजी गरेका थिए ।

 

यतिसम्म कि, विश्व कम्युनिष्ट आन्दोलनका एक नाइके लेनिनको जयन्तीको अवसरमा लेनिनकै तस्वीर सभाहलमा नराखेपछि विवाद चर्किनु स्वभाविक थियो ।


एकताको लागि यस्तो जोखिमपूर्ण यात्रा तय गर्दैआएका एमाले र माओवादीका नेताहरुलाई आगामी दिन पक्कै कष्टकर हुनेछ । जोखिमपूर्ण यस अर्थमा कि, प्रमुख नेताहरु आन्तरिक बैठकमा बस्छन् । एकता संयोजन समितिको बैठक बस्छ । तर कार्यकर्ता बेखबर हुन्छन् । वाम एकता जनताको म्यान्डेट भन्दै नेताहरु दोहोर्याउँछन् । तर एकता प्रक्रियाको अपडेट कार्यकर्ताले मिडिया मार्फत थाहा पाउँछन् ।

 

एकताको यो पहेलीका समस्या के हुन् ? एकता कसका लागि ? जस्ता विषयमा हामीले प्रा. डा. सुरेन्द्र केसीसँग बहस गरेका छौँ । डा. केसीले एकता प्रक्रियालाई नेपालको आम कम्युनिष्ट मनोबृत्तिसँग जोडेर ‘अपरेशन’ गरिदिएका छन् ।

 

कम्युनिष्टको आवरणमा ‘भेस्टेड ईन्ट्रेस्ट’ भएका केही नेता नै एकता प्रक्रियामा हाबी भएको डा. केसीको टिप्पणी छ । साथै सुरुदेखि पहलकदमी गरेका नेताहरु पछिल्लो समय मौन बसेकोबारे उनले आश्चर्य प्रकट गरे ।


मोदीको नेपाल भ्रमण
 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकिँदै गरेको नेपाल भ्रमणबारे पनि डा. केसीले कडा अभिव्यक्ति दिएका छन् । मोदीको भ्रमण नेपाल र नेपालीको लागि नभएर भारतकै लागि भएको उनको भनाइ थियो ।

 

यसबाहेक भारतले आफ्नो चाहना अनुरुप नेपाल भ्रमण गर्न लागेको भन्दै नेपालले यसमा आफ्नो निर्णय हुनुपर्ने उनको गुनासो छ । प्रधानमन्त्री केपी ओलीले चीनसँग गरिएका सम्झौतालाई तत्काल अगाडि बढाउनुपर्नेमा ‘भारतको रुची अनुरुप हुन लागेको’मोदीको भ्रमणको तयारी गराउनु जायज नरहेको उनले बताए ।

इतिहास र अनुभुति डा. सुरेन्द्र केसी

विशेष