News प्रदेश ३

सार्वजनिक बिदा संशाेधन गर्न माअाेवादी केन्द्र अध्यक्ष प्रचण्डलार्इ ज्ञापन

सार्वजनिक बिदा संशाेधन गर्न माअाेवादी केन्द्र अध्यक्ष प्रचण्डलार्इ ज्ञापन

काठमाडाैं । नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समयपूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदा मिलानसम्बन्धी व्यवस्थामा‘इदुल अज्हा’तथा‘महम्मद डे’को बिदालाई धार्मिक बिदाबाट सामुदायिक बिदामा राखेकोमा गम्भीर आपत्ति जनाएको छ ।

 

उक्त समुदायले मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालयमा भेटी ध्यानाकर्षण गराएको हो । संगठनले आन्दोलनको उपलब्धिलाई सजिलैसँग कटौती गरेको भन्दै यसलाई सच्याउन पहल गरिदिन अध्यक्ष प्रचण्डसमक्ष अनुरोध गरेको हो ।

 

संगठनले वाम गठबन्धनको वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नभएकोमा पनि प्रचण्डको ध्यनाकर्षण गराएको छ ।

 

मुस्लिमहरुको मागप्रति आफ्नो समर्थन रहेको भन्दै अध्यक्ष प्रचण्डले भने,‘तपाईहरुको माग जायज छ । यो हामीले लडेर ल्याएको हो । यसको संवेदनशीलता र गम्भीरताप्रति मेरो ऐक्यबद्धता छ ।’

 

अध्यक्षले प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धिका रुपमा रहेको मुस्लिमको अधिकार सच्चाउने आश्वसनसमेत दिएका थिए ।

सार्वजनिक बिदा

विशेष