विदेश

बालात्कारी ‘बाबा’ आसारामसँग ४ सय आश्रम, २ हजार ३ सय करोडको सम्पत्ति

बालात्कारी ‘बाबा’ आसारामसँग ४ सय आश्रम, २ हजार ३ सय करोडको सम्पत्ति

आध्यात्मिक गुरु आसारामलाई नाबालिक किशोरी बलात्कार आरोपमा अदालतले दोषी ठहर गरेको छ । साठीको दशकमा आसारामले लीलाशाहबाट आध्यात्मिक दीक्षा लिएपछि सन् १९७२ मा भारत अहमदाबाद भन्दा लगभद १० किलोमिटर टाँढा मुटेरामा आफ्नो कुटी बनाएका थिए । 

 

यहीबाट उनको साम्राज्य खडा हुन शुरु भएको थियो । उनको आध्यात्मिक काम विस्तारै विस्तारै गुजरातको शहर हुँदै देशभर नै फैलिएको थियो । फेरि नेपाल लगायत विदेशमा पनि फैलिएको थियो । 

 

२०१६ मा भारतको आयकर विभागले आसारामको २ हजार ३ सय करोडको अघोषित सम्पत्ति सार्वजनिक गरेको थियो । 

 

आसारामको विश्वभर ४ सय आश्रम रहेको र त्यसको माध्यमबाट भक्तहरुबाट रकम उठाउने गरेको समाचारहरु सार्वजनिक भएका थिए । 

 

भक्तले दिएको रकमबाट उनले कारोबार बढाए । त्यसबाट पत्रिका, प्रार्थना पुस्तक, सीडि, साबुन आदीको व्यापार पनि शुरु गरे । 

 

त्यति मात्र होइन आश्रमको नामममा कयौं एकड जमिन पहि हडपिएको थियो । आश्रमबाट प्रकाशन हुने दुई पत्रिका ऋषिप्रसाद तथा लोक कल्याण सेतुको १४ लाख कपी विक्रिहुने गरेको थियो । जसबाट वार्षिक १० करोड भन्दा धेरै रकम कमाइ हुने गरेको थियो ।

 

भक्तलाई आकर्षित गर्न आसारामले आफ्नो प्रवचनपछि निशुल्क खाना खाने व्यवस्था समेत गरेका थिए । जसका कारण उनका समर्थकको वृद्धिसमेत भएको थियो । 


आसारामको आधिकारिक वेभसाइटका अनुसार आज विश्वभर उनका चार करोड अनुयायी छन् ।

 

उनको भक्तको सूचीमा भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीका साथ साथ भारतीय जनता पार्टीका लालकृष्ण आडवाणी तथा नितिन गडकरी, नरेन्द्र मोदी जस्ता दिग्गज नेतापनि सामेल छन् । 
 

अदालत ठहर गुरु आसाराम

विशेष