News विदेश

भारतमा एकैदिन ३७ हजार चट्याङ

भारतमा एकैदिन ३७ हजार चट्याङ

एजेन्सी । भारतमा एकैदिन हज्जारौ चट्याङको वर्षा भएको छ । भारतको आन्ध्र प्रदेशमा मंगलबार एकै दिन कम्तीमा ३७ हजार चट्याङ परेको हो ।

 

दक्षिणपूर्वी भारतमा पर्ने यो राज्यमा पछिल्ला हप्ता हज्जारौ चट्याङ परेको र त्यसले  कम्तिमा सात जनाको मृत्यु भएको बीबीसीेले जनाएको छ । 

 

चट्याङ लागेर मर्नेमा अधिकांश किसान परिवारका सदस्य रहेको जनाइएको छ । भारतमा यो मौसममा वार्षिक २ हजारभन्दा बढीको चट्याङ लागेर मृत्यु हुने गरेको तथ्यांक भेटिन्छ । 

भारत चट्याङ

विशेष