News समाज

पेट्रोलियम पदार्थको चोरी रोक्न ट्यांकरमा ‘लकिङ सिस्टम’

पेट्रोलियम पदार्थको चोरी रोक्न ट्यांकरमा ‘लकिङ सिस्टम’

नेपालगन्ज । नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधनमा आजदेखि ‘लकिङ सिस्टम’ सुरु गरेको छ।

 

यो सिस्टम लागू भएपछि अब ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी बन्द हुने निगम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक विनितकुमार उपाध्यायले बताए।

 

निगमको बाँकेको राँझास्थित कार्यालयमा निमित्त कार्यकारी प्रमुख सुशील भट्टराई, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, इन्डियन आयल कर्पोरेसनका एसएम बोस लगायतको उपस्थितिमा उक्त लकिङ सिस्टम सुरु गरिएको हो । 

 

निगमको नेपालगन्ज कार्यालयमार्फत ११० भन्दा बढी सवारीसाधनले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका छन्। रासस

पेट्रोलियम पदार्थ नेपाल आयल निगम

विशेष