News अपराध सुरक्षा

बसपार्कमा प्रहरीमाथि कुटपिट, मुख्य अभियुक्त छुटे

बसपार्कमा प्रहरीमाथि कुटपिट, मुख्य अभियुक्त छुटे

काठमाडौं । नयाँ बसपार्कमा प्रहरीमाथि नै कुटपिट भएको छ। ड्युटी सकेर घर जाने क्रममा सोमबार बेलुका प्रहरी जवान सुदन रोइलामाथि कुटपिट भएको हो। 

 

कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेकोमा मुख्य व्यक्ति भने दबाबमा छुटेका छन्। कुटपिट गर्ने गिरोहका नाइके शिशिर बस्नेतलाई कारबाही बिना नै छाडिएको हो। उनले आफू प्रहरीको सुराकी भएको भन्दै कुटपिटपछि पनि सिपाही रोइलालाई धम्काएका थिए।

 

होटलका एजेन्टहरुले उनले होटल चाहिएको हो भन्दै सोधेका थिए। उनले आफू नबस्ने बताएपछि विवाद गरी उनीहरुले कुटपिट गरेका हुन्। लगत्तै सइको कमाण्डमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तर, प्रहरीलाई नै कुट्ने छुटेपछि स्थानीयहरु आश्चर्यमा परेका छन्। 

कुटपिट नयाँ बसपार्क

विशेष