News समाज

विवाहबाट घर फर्किने क्रममा नदीमा हाम फालेर आत्महत्या

विवाहबाट घर फर्किने क्रममा नदीमा हाम फालेर आत्महत्या

बझाङ । विवाहबाट घर फर्किने क्रममा बिहीबार एक युवकले सेती नदीमा हाम फालेर आत्महत्या गरेका छन ।

 

गाउँको विवाह पुर्याउन गएका पाथिभेरा गाउँपालिका–१ गुरेलथुम घर भएका अन्दाजी २२ वर्षीय शुरत धामीले छविस पाथिभेरा गाउँपालिकाको भ्यागुत्तेखोला नजिकै सेती नदीमा फाम फालेर आत्महत्या गरेका हुन् । 

 

सेती नदीमा हाम फालेपछि करिब ३ सय मिटर तल स्थानीयले मृत  अवस्थामा शव फेला पारेका थिए ।

 

आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ । धामीको शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल बझाङ ल्याइएको छ । 

बझाङ

विशेष