निशा अधिकारीले दोश्रो पटक कपाल मुण्डन गरिन्

नायिका निशा अधिकारीले दोश्रो पटक आफ्नो कपाल मुण्डन गरेकी छन् । सगरमाथा चढेपछि कमाल खौरेकी निशाले यस पटक भने पूर्ण रुपमा छोटो मात्रै पारेकी छिन् ।
गर्भवस्थामा रहेकी निशाले दोश्रो पटक पनि अमेरिकामै कपाल मुण्डन गरेकी हुन् । श्रीमान शरद भेषवाकर र एक धर्मगुरुसँग कपाल मुण्डन गरेको तस्बिर निशाले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् ।
‘झ्यानकुटी’ रिलिज गरेर निशा अमेरिका पुगेकी थिइन् । उनी केही सातामै आमा बन्दैछिन् ।
निशा अधिकारी