News अपराध सुरक्षा

अपराधीसँगै मिल्ने प्रहरी संगठनकै किरा हो : आर्इजीपी खनाल

अपराधीसँगै मिल्ने प्रहरी संगठनकै किरा हो : आर्इजीपी खनाल

चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता रहेको बताएका छन्।

 

बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको समते जानकारी दिए। 

 

 खनालले अपराध नियन्त्रणका लागि काम नगरी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको समेत बताए। उनले भने,'प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन। 

 

संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनुपर्छ।' उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारबाही गरिने बताए। 

 

प्रहरीको दरबन्दी कम रहेको भन्दै मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताए। आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम सुरु गरिसकेको समेत उनको जिकिर थियो। 

 

संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै उनले ऐन आएपछि प्रदेश कार्यालयहरु स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताए। रासस
 

सर्वेन्द्र खनाल आर्इजीपी

विशेष