सहसचिव र उपसचिवसहित ६० जनाको सरुवा, ३७ जिल्लाका सिडिओ फेरिए
काठमाडौं । गृह मन्त्रालयले आफू मातहतका ३० जना सहसचिव र ३० जना उपसचिवको सरुवा गरेको छ ।
याेसँगै ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको फेरिएका हुन् । सरुवा सूची अनुसार २३ सहसचिव र १४ जना उपसचिव प्रजिअ हुने जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।
यस्तै अन्य सह–सचिव र उपसचिवहरुलाई मन्त्रालयअन्तर्गतका महाशाखा, शाखा र विभागमा सरुवा गरेको छ । मन्त्रालयले सह–सचिव प्रजिअ हुने केही जिल्लामा उप–सचिवलाई कामुको जिम्मेवारी सहित सरुवा गरको छ ।
हेर्नुहोस् सिडीओ सरुवाको सूची
सरूवा सहसचिव र उपसचिव