विदेश

सीले भने, मोदीलाई भेट्दा खुसी लाग्यो

सीले भने, मोदीलाई भेट्दा खुसी लाग्यो

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । डोक्लाम विवादपछि सी र मोदीबीच पहिलो पटक भेटवार्ता भएको हो, जसलाई अनौपचारिक शिखर सम्मेलन भनिएको छ ।


हुबेई प्रान्तीय संग्रहालयमा लामो रेड कार्पेट पार गरेपछि सीले मोदीलाई स्वागत गरेका थिए । मोदीलाई त्यहाँ सांस्कृतिक नृत्यसहित स्वागत गरिएको थियो ।

 

राष्ट्रपति सीले भनेका छन्, ‘मोदीलाई भेट्दा खुसी लाग्यो । बसन्त ऋतु भेटका लागि राम्रो समय हो ।’ भारतीय प्रधानमन्त्री मोदीले भने स्वागतका लागि सीलाई धन्यवाद दिएका छन् ।

नरेन्द्र मोदी भेटवार्ता सी जिनपिङ

विशेष