दुई कोरियाबीचको शान्ति वार्तालाई नेपालको स्वागत

काठमाडौं । दक्षिण र उत्तर कोरियाबीच शुक्रवार भएको शान्ति वार्तालाई नेपालले स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रवार अपराह्न विज्ञप्ती जारी गर्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न तथा दुई देशबीच पुनः समधुर सम्बन्ध स्थापनाका लागि आजको वार्ता महत्वपूर्ण कदम भएको बताएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत नेपाल सधैं कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व होस् भन्ने पक्षमा रहेको पनि जनाएको छ ।