‘सरकारले यातायातमा हात हालेर व्यावसायीलाई निरुत्साहित गर्यो’
मोरङ । यातायात क्षेत्रमा सिण्डीकेट प्रणाली नरहेको भन्दै प्रदेश नम्बर एकका यातायात व्यवसायी तथा मजदुरहरुले सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
विराटनगरमा प्रदेश नम्बर एकका नेपाल यातायात ब्यवसायी राष्टिय महासंघका संयोजक सरोज श्रेष्ठले सरकारले उल्लेख गरे जस्तो यातायात क्षेत्रमा सिण्डीकेट नरहेको दाबी गरे।
मुलुकको पश्चिमी क्षेत्रमा केही स्थानमा यातायात ब्यावसायीको कमी कमजोरी भएको हुन सक्ने बताएका श्रेष्ठले सरकारको कदमले यातायात क्षेत्र भोलिका दिन थप तहसनहस हुने बताउछन्।
यातायात क्षेत्रमा सरकारले भाडा निर्धारण गर्ने र त्यसभन्दा बढी भाडा ब्यवसायीले नलिएको श्रेष्ठले बताए। यातायात ब्यवसायीलाई निरुत्साहित पार्ने प्रकारले सरकारले दीर्घकालिन सोच बिनानै काम गरिरहेको उनको भनाइछ।
सरकारले रुट परमिट दिने, सरकारले नै गाडी दर्ता त्यसो हुनाले यहा ब्यवसायीहरुले सिण्डीकेट गरे भन्नु उपयुक्त हुन्न भन्ने भनाइ हाम्रो रहेको छ, श्रेष्ठ स्पस्ट पार्छन।
व्यावसायी