News देश

स्वागतका नाममा विद्यार्थीलाई लामबद्ध नगराउन निर्देशन

स्वागतका नाममा विद्यार्थीलाई लामबद्ध  नगराउन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुमा स्वागतमा नाममा परम्परागत रुपमा गरिने फूलमाला र विद्यार्थीलाई लाइन लगाउनेजस्ता संस्कारहरु नगराउन निर्देशन दिएका  छन्  । 

 

मन्त्री पोखरेल बैशाख १३ गते बुधबार गोरखाको पालुङटारस्थित अमरज्योति जनता मावि लुईंटेल पुग्दा विद्यार्थीहरुको लाइन देखेपछि अन्यन्त्रका विद्यालयमा पनि त्यस्तो कार्य नगर्न/नगराउन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलमार्फत निर्देशन दिएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

विद्यार्थी गिरिराजमणि पोखरेल

विशेष