News राजनीति

सेल्फी खिचेर पर्यटक फर्किए भने देशमा समृद्धि सम्भव छैन : मुख्यमन्त्री

सेल्फी खिचेर पर्यटक फर्किए भने देशमा समृद्धि सम्भव छैन : मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने वताएका छन् ।

 

शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री  शाहीले कर्णाली प्रदेशमा मात्रै अर्वौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता नगर्न आग्रह गरे ।

 

‘दुनियाले मरुभुमि र समुद्रमा समेत कृषिको विकास गरेका छन् ।’ मुख्यमन्त्री शाहीले भने–‘हाम्रो प्रदेशमा त झन उपयुक्त हावापानी, माटो र चरणक्षेत्र छन, हामीले किन वाहिरवाट आयात गरेर खाने?’ कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो संभावना वोकेको प्रदेश भएको वताउदै मुख्यमन्त्री शाहीले फलफुल, पशुपालन, तरकारी र अन्नवालीको व्यवसायीक खेतीमा लाग्न जोड दिए ।

 

अहिलेसम्म टुक्रे उत्पादन प्रणालीमा किसानहरुले भर गरेको वताउदै व्यवसायीक उत्पादन प्रणालीको विकास नगरी कृषकहरु समृद्ध हुन नसक्ने उनले वताए । मुख्यमन्त्री शाहीले व्यवसायीक कृषि उत्पादनको विकास तथा वजारीकरणका लागि आवश्यक वातावरण वनाउन प्रदेश सरकार तयार रहेको वताए ।

 

सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम र वजेटमा समेत उच्च प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको कृषि उत्पादनलाई अर्गानिक कृषि उत्पादनका रुपमा ‘व्राष्डीङ्ग’ गरिने जनाए । कृषि उत्पादनलाई पर्यटनसंग जोडनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले भने–‘कर्णाली प्रदेशमा आएका पर्यटकले समेत चिनोको रुपमा कृषि उत्पादन लिने वातावरण वनाउन जरुरी छ, सेल्फी खिचेर पर्यटक फर्किएमा हाम्रो समृद्धि संभव छैन ।’

 

पुरस्कार वितरण कार्यक्रममा तरकारीखेती, च्याउखेती, स्याउखेती, वाख्रापालन व्यवसायमा उत्कृष्ट ६ जना किसानहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ । 

महेन्द्रवहादुर शाही मुख्यमन्त्री

विशेष