बानेश्वरमा दुई झड्केला छोराको हत्या गरेर फरार अभियुक्त सिरहाबाट पक्राउ

काठमाडौँ । काठमाडौँको बानेश्वरमा दुई झड्केला छोराको हत्या गरेर फरार रहेका बाउ सिरहाबाट पक्राउ परेका छन्।
बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका सप्तरीका दिलीप यादवले ८ वर्षीय सुशील र ६ वर्षीय सुजलकोको हत्या गरी फरार भएका हुन्। वैशाख १० गते बालक हराएको उजुरी प्रहरीमा परे पनि यादवले आफै फोन गरेर बालकको हत्या गरेको जानकारी परिवारलाई दिएका थिए।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार उनी शनिबार सिरहाबाट यादव परेका हुन्। झण्डै ७ महिनादेखि बालककी आमा सम्झनासँग सँगै बस्दै आएका यादवले सम्झना आफूबाट टाढा हुन खोजेको भन्दै दुई बालकको हत्या गरी शब कोठामै लुकाएर फरार रहेका थिए।
हत्या पक्राउ अभियुक्त