महिनावारी पर सार्न अपनाउनुस् यी ८ प्राकृतिक तरिका
साधारणतया महिनावारी पर सार्नका लागि महिला औषधीको सेवन गर्ने गर्दछन् । तर यस्ता औषधीका केही साइडइफेक्ट पनि छन् । यसबाट बच्नका लागि प्राकृतिक तरिका अपनाएर महिनावारी पर सार्न सक्नुहुन्छ ।
नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, जयपुरका डा. सी आर यादवका अनुसार यी खानेकुरा महिनावारी हुनुभन्दा सातदिन अघिदेखि खाए महिनावारी पर सर्छ ।
ज्वानोको पातः
ज्वानोको पाललाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो बनाउनुहोस् र महमा मिसाएर पिउँदा महिनावारी पर सर्छ ।
अमलाको पाउडर वा रसः
अमलाको पाउडर वा रस पिउँदा महिनावरी ढिला हुन्छ । साथै महिनावारीमा हुने पीडाबाट पनि राहत पाइने गर्दछ ।
चामलको पानीः
दिनमा तीनपटक चामलको पानी पिउँदा महिनावारी ढिला हुन्छ ।
अनारको बोक्राः
अनारको बोक्रालाई सुकाएर पिस्नुहोस् । एक चम्चा पाउडरलाई पानीसँग मिसाएर बिहान बेलुका पिउँदा महिनावारी ढिला हुन्छ ।
भेनेगरः
एक ग्लास पानीमा तीन चम्चा भेनेगर हालेर दिनमा तीन–चार पटक पिउँदा महिनावारीको मिति सर्ने गर्दछ ।
दैनिक पर्बलको तरकारी खाँदाः
दैनिक पर्बलको तरकारी खाँदा पनि महिनावारी पर सर्ने गर्दछ ।
चनाको दालको पाउडरः
चनाको दालको पाउडरलाई पानीमा मिसाएर पिउँदा महिनावारी ढिला हुन्छ । यसलाई बिहान खालीपेट पिउँदा अझै फाइदाजनक हुन्छ ।
पुदिनाको रसः
दिनमा दुईपटक पुदिनाको रस पिउँदा महिनावारी ढिला हुन्छ ।
महिनावारी औषधी