विदेश

स्कुले बालबालिकामाथि चक्कु प्रहार, सातको मृत्यु १२ घाइते

स्कुले बालबालिकामाथि चक्कु प्रहार, सातको मृत्यु १२ घाइते

काठमाडाैं । चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिकामाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन्। 

 

स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ। एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा एक जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 


घाइते सबै बालबालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय सुरक्षा प्रशासनले घटनामा पाँच बालिका र दुई बालकको मृत्यु भएको पुष्टि गरेको छ। घाइतेहरूमा नौजना छात्रा र दुई छात्र रहेका छन्। 

 

मृतक तथा घाइते सबैजना १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी रहेका बताइएको छ। प्रहरीले झाओ थर भएका मिझी ‘काउन्टी’ झाओजिआसान गाउँका एक व्यक्तिलाई पक्राउ गरेको छ। 

 

प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले आफूले सोही विद्यालयमा अध्ययन गर्ने क्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको थाहा भएको प्रहरीले बताएको छ।
 

बालबालिका चक्कु प्रहार सातको मृत्यु

विशेष