News राजनीति

कांग्रेस (विपी) र एकीकृत राप्रपा (राष्ट्रवादी) एक हुने

कांग्रेस (विपी) र एकीकृत राप्रपा (राष्ट्रवादी) एक हुने

काठमाडौं । नेपाली कांग्रेस (विपी) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एक हुने भएका छन् ।

 

एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी र कांग्रेस (विपी) का अध्यक्ष हरिबोल भट्टराईले पृथ्वीपथ र समाजवादका माध्यमबाट देशको अखण्डता र जनताको समृद्धि कायम गर्न पार्टी एकता गर्न सहमत हुनुभएको दुवै दलले जनाएका छन् ।

 

पार्टी एकताका लागि आवश्यक विधान एक हप्तामा तयार गर्न राष्ट्रवादीबाट प्रशिक्षण विभाग प्रमुख झनक प्याकुरेल र काँग्रेस (विपी) बाट सहमहामन्त्री पुष्प पराजुलीलाई जिम्मेवारी दिइएको छ । 

 

दुई दलको एकताको मुख्य आधार पृथ्वीनारायण शाहको दिव्योपदेश र विश्वेश्वरप्रसाद कोइरालाको समाजवाद रहने दुवै दलका नेताले जनाएका छन् । 

प्रकाशचन्द्र लोहनी हरिबोल भट्टराई

विशेष