News अपराध सुरक्षा

कार्कीलाई विद्युतीय एम्बुस थाप्ने विप्लवका 'जनसरकार' प्रमुख पक्राउ

कार्कीलाई विद्युतीय एम्बुस थाप्ने विप्लवका 'जनसरकार' प्रमुख पक्राउ

उदयपुर । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख पक्राउ परेका छन् । ‘विप्लव’को जनसरकार प्रमुख भनेर गैरराजनीतिक गतिविधि गरेको आरोपमा जीतबहादुर पुलामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्रहरी प्रमुख डीएसपी मेधराज अधिकारीले गए राति त्रियुगा नगपालिकाको चुहाडे क्षेत्रबाट विशेष सुराकीको आधारमा मगर पक्राउ परेको जानकारी दिए ।  

 

अधिकारीका अनुसार प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकार मगरलाई शुक्रबार राति पक्राउ गरिएको हो । प्रहरीले मगरलाई खोजी सूचीमा राखे पनि पक्राउ गर्न सकेको थिएन् ।

 

‘विभिन्न समयमा बम बिष्फाेट गराएर क्षति पुर्‍याएको, गएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुसमा पारी क्षतविक्षत गराउने मुख्य योजनाकार हुन’, डिएसपी अधिकारीले भने, ‘उम्मेदवारलाई लक्षित गरी बम पड्काउने योजनाकार भएको प्रमाण प्रहरीले फेला पारेको छ । उनीविरुद्ध थप अनुसन्धान जारी छ ।’

 

विप्लव पक्राउ जीतबहादुर पुलामी मगर

विशेष