News राजनीति

शिक्षाको व्यवस्थापन र विस्तारमा वैदेशिक सहायताको खाँचोः शिक्षामन्त्री पोखरेल

शिक्षाको व्यवस्थापन र विस्तारमा वैदेशिक सहायताको खाँचोः शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनामा आधारित शिक्षाको व्यवस्थापन र विस्तारका लागि वैदेशिक सहायताको खाँचो रहेको बताएका छन्। 

 

नेपालका लागि अमेरिकी राजदूत एलिना टप्लिजसँग मन्त्रालयमा भएको भेटमा मन्त्री पोखरेलले नेपालको संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा गरेको व्यवस्थालाई व्यवहारमा रुपान्तरण गर्ने अभियानमा अमेरिका सरकारको सहयोग उल्लेखनीय हुने बताए। 

 

मन्त्री पोखरेलसँगको भेटमा राजदूत टप्लिजले नेपाल सरकारको प्राथमिकता क्षेत्रमा अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। राजदूत टप्लिजले दुई देशबीच आपसी सहमति र समन्वयबाट देशको आर्थिक समृद्धिका लागि सहकार्य गर्न तयार रहेको पनि प्रस्ट पारिन्।

 

सो क्रममा मन्त्री पोखरेलले अमेरिकी सरकारले नेपालको शिक्षाको क्षेत्रमा अहिलेसम्म गर्दै आएको सहयोगका लागि आभार प्रकट गरेका थिए। 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल वैदेशिक सहायताको खाँचो

विशेष