विदेश

सद्भावनाको एक अद्भुत उदाहरण, हिन्दु र सिख मिलेर बनाउँदैछन् मस्जिद !

सद्भावनाको एक अद्भुत उदाहरण, हिन्दु र सिख मिलेर बनाउँदैछन् मस्जिद !

काठमाडाै‌ं । नेपाल र भारतमा एक जाति र अर्को जाति तथा एक धर्म र अर्को धर्मबीच विवादका घटना अक्सर आइरहन्छन् । हिन्दुबाहुल दुवै देशमा धार्मिक हिंसा भड्काउने समूहले पटक-पटक तनाव दिइरहन्छन् । 

 

तर, साम्प्रादायिक समूहबीच टकराव भइरहने भारतमा भने एउटा अनौठो काममा हिन्दु र सिख धर्मावलम्बीका केही व्यक्ति सक्रिय भएका छन् । साम्प्रदायिक हिंसाकाबीच भारतको पञ्जावमा यस्तो एउटा गाउँ भेटिएको छ जसले सद्भावनाको एक अद्भुत उदाहरण पेश गरेकाे छ । 

मिस्त्री नाजिम 'राजा' खान पञ्जाबको एक गाउँमा एक शिव मन्दिरको निर्माण गरिरेहका थिए । तब उनको मनमा एक विचारले धक्का दियो । उनी एक मुसलमान थिए, एक हिन्दु मन्दिर बनाइरहेका थिए ।

 

तर त्यो गाउँको आसपासमा कुनै पनि मस्जिद थिएन जसका कारण उनले नमाज पढ्न सकेका  थिएनन् । ४० वर्षीय नाजिम राजा खान भन्छन्, 'हाम्रो नजिकै नमाज पढ्नका लागि कुनै स्थान थिएन । मस्जिद अभावमा नमाज पढ्न नपाउँदा घरमा आएका पाहुनाले पनि राम्रो मान्दैन थिए ।'

 

मनमा खट्केको यो कुरा उनले मुम नामको आफ्नो गाउँमा रहने चार सयजनाको मुस्लिम समुदाय सामुन्ने राखे । तर उनीहरु यति गरिब थिए कि जमिन किन्ने सामर्थ्य समेत उनीहरुसँ थिए । यस क्षेत्रका धेरैजसो मुस्लिम अशिक्षित छन् ।

 

जो मेहनत मजदुरी जस्ता साना काम गर्छन् । जबकि यहाँ रहने करिब चार सय हिन्दु र ४ हजार भन्दा धेरै सिखको आर्थिक अवस्था भने धेरै राम्रो छ । १८ महिनामा मन्दिर निर्माणको काम पुरा गर्नुपर्ने थियो तब नाजिम 'राजा' खानले एक अभूतपूर्व कदम चाले ।

 

यस सालको सुरुमा उनी मन्दिर चलाउनेहरुको सम्पर्कमा गए । जहाँ उनले भने, 'तपाईँहरुसँग अब चाँडै नयाँ मन्दिर हुनेछ र पुरानो मन्दिर पनि छ । तर हामी मुसलमानसँग नमाजका लागि कुनै स्थान छैन । न त हामीसँग जमिन किन्ने पैसा नै छ । के तपाईँहरुले हाहीलाई जमिनको सानो टुक्रा दिन सक्नुहुन्छ ?'

 

एक सातापछि मन्दिरका प्रबन्धनले राजाको प्रश्नको जवाफ दिए । उनले मन्दिरसँगै खाली रहेको ९०० वर्ग फिट जग्गा दिने निर्णय राजालाई सुनाए । राजा भन्छन्, 'म धेरै खुसी भएँ, आभार प्रकट गर्नका लागि मसँग कुनै पनि शब्द नै थिएनन् ।'

 

आयुर्वेदिक चिकित्सक पुरुषोत्तम लाल मन्दिर प्रबन्धनको समितिमा सदस्य छन् । 'यो एकदमै जाय माग थियो । हामी यहाँ सुख दुख बाँडेर बसिरहेका छौँ । तर मुसलमानका लागि मस्जिद नहुनु अन्याय नै भएको थियो ।'

 

अब राजा र अन्य मिस्त्री मिलेर मस्जिद बनाउँदैछन् जहाँ मुसलमान नमाज पढ्न सक्नेछन् । सिख समुदायको गुरुद्वारासँगै यो मस्जिद बन्दैछ । सिख समुदायले यो मस्जिद बनाउन आर्थिक सहयोग पनि दिइरहेका छन् ।

 

अब यहाँ मन्दिर, मस्जिद र गुरुद्वारा एक साथ हुनेछन् । यस्तो सद्भाव भारतकै लागि एक दुर्लभ उदाहरण भएको छ । भारतमा अल्पसंख्यकहरुले आफूहरु हेपिनुपरेको बताइरहँदा यहाँका मुस्लिमको मस्जिद नै हिन्दु र सिखले बनाइदिँदैछन् ।

भाइचारको उदाहारण 

मुममा तीन अलग-अलग समुदायमा मानिस खुसी खुसी बसेका छन् । यहाँ तनावको कुनै इतिहास नै छैन । सबै समुदायका मानिसले कुनै पनि धर्मस्थलमा स्वतन्त्रताका साथ पूजाआजा गर्न पाउँछन् । 

 

मुम ४ हजार सिख, ४ सय हिन्दु र ४ सय मुस्लिम मानिसको एउटा गाउँ हो । यहाँका अधिकांश हिन्दू गुरुद्वारामा जान्छ् भने केही त सिखको परम्परागत पगडीसम्म लगाउँछन् । यहाँ एकअर्काको समुदायको घरमा जोकोही सजिलै गएर बिहेसहितका कार्यक्रममा पनि सहभागी हुन्छन् । 

 

गुरुद्वाराका ग्रन्थी ज्ञानी सुरजीत सिंहले हिन्दुका कयौँ धार्मिक कार्य जस्तै गीता पाठ सिखहरुले पनि गर्ने गरेको बताउँछन् । 'मानिसहरु यहाँ गुरुद्वारालाई केबल गुरुद्वाराको रुपमा मात्रै बुझ्दैनन् सामाजिक आयोजनाको स्थलकारुपमा पनि बुझेका छन् ।'

 

एक अध्यापक भरत शर्मा मन्दिरको काममा सक्रिय छन् । 'हामी धेरै भाग्यमानी छौँ जहाँ हामीबीच कोही राजनीतिक नेता छैनन, जो हामीबीच ध्रुवीकरण गरेर समुदायबीच मतभेद गर्न सकुन्', उनी भन्छन् ।


 

मस्जिद हिन्दु र सिख

विशेष