News व्यापार

नेपाल भारत व्यापार सम्झौता जुलाई भित्र पुनरावलोकन हुने

नेपाल भारत व्यापार सम्झौता जुलाई भित्र पुनरावलोकन हुने

काठमाडौं । भारत र नेपालका वाणिज्य सचिवको बैठकले नेपाल भारत बीचको द्विपक्षीय व्यापार सम्झौतालाई आगामी जुलाई सम्म पुनरावलोकन गर्ने सहमति गरेको छ।

 

काठमाडौंमा सम्पन्न नेपाल भारत अन्तर सरकारी समिति (आईसीजी) को बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्र घिमिरे र भारतका तर्फबाट वाणिज्य रिता टिओतियाले नेतृत्व गरेका थिए।

 

बैठकमा व्यापार, पारवहन र अन्य सहयोगका साथैं सिमामा हुने तस्करी नियन्त्रणका बिषयमा दुई देशका वाणिज्य सचिव बीच छलफल भएको थियो।
उच्चस्तरीय वैठकमा द्विपक्षीय व्यापार, सिमा र आर्थिक सम्बन्धका बिषयमा पनि छलफल भएको थियो।

 

बैठकले सन् २००९ मा भएको नेपाल भारतको द्विपक्षीय व्यापार सम्झौतालाई आगामी जुलाई सम्म पुनरावलोकन गर्ने सहमति गरेको हो। यस्तै सन् १९९९ मा भएको नेपाल भारत बीचको द्विपक्षीय पारवहन सम्झौता पुनरावलोकनका बिषयमा छलफल भएको थियो।


आगामी एक महिनामा पारवहन सम्झैताका बिषयमा गर्ने पुनरावलोकनका बिषयमा प्रस्ताव तयार पार्ने बैठकमा  सहमति भएको हो। व्यापारलाई व्यवस्थित बनाउन सिमा नाकामा आवश्यक पूर्वाधार निर्माण गर्ने पनि बैठकमा समझदारी बनेको थियो।

बैठक आईसीजी

विशेष