News

ओलीसँगै भारत भ्रमणमा महानायक हमाल र दिनेश डीसी जाने

ओलीसँगै भारत भ्रमणमा महानायक हमाल र दिनेश डीसी जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा कलाक्षेत्रका तर्फबाट अभिनेता राजेश हमाल र दिनेश डिसी जाने भएका छन्। 

 

चैत २३ गतेका लागि तय भएको भ्रमणका क्रममा नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै हमाल र डिसी जाने निर्णय भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल लाइभलाई जानकारी दिए 

 

नेपाली चलचित्र क्षेत्रको विकासमा आफू सकारात्मक रहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले यसअघि आफ्नो भारत भ्रमणमा कलाकार पनि समेट्ने घोषणा गरेका थिए। 

 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बलिउडका कलाकार र अन्य व्यक्तिहरुसँग पनि भेट्ने कार्यक्रम छ। सो क्रममा नेपालका विभिन्न स्थानलाई बलिउड फिल्मको सुटिङ स्थलका रुपमा लिन र नेपालको पर्यटन विकासमा टेवा पुर्‍याउने दोहोरो फाइदाका लागि छलफल गरिने नेपाली पक्षको तयारी छ।

विशेष