News

शक्ति देखाउन कर्णाली नदीमा हामफाल्ने मध्ये एकको मृत्य, एक वेपत्ता

शक्ति देखाउन कर्णाली नदीमा हामफाल्ने मध्ये एकको मृत्य, एक वेपत्ता

धनगढी । कर्णाली नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । आईतवार विहान शक्ति देखाउँछु भन्दै बाजुराको जगन्नाथ गाँउपालिका दुई जना धामीले कर्णाली नदीमा हामफालेका थिए ।

 

उनीहरु आफुमा दैवी शक्ति प्राप्त भएको दावी गर्दैै हामफालेका हुन् ।

 

हामफालेकामध्ये जगन्नाथ गाँउपालिका एकका ६१ वर्षका मान सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए । उनले वेपत्ता जगन्नाथ गाँउपालिका एकका ५३ बर्षिय जय बहादुर बिष्टको खोजी कार्य भईरहेको बताएका छन् ।

 

जगन्नाथ गाँउपालिकामा रहेको कुन्ना प्रहरी चौकीले खोजी कार्य जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक बोहराका अनुसार हाम फालेका दुवै जना आईतवार बिहान नदी किनारामा काप्दै थिए ।

 

त्यसपछि दैवी शक्ति प्राप्त भएकाले केही नुहने भन्दै नदीमा हाम फालेका थिए ।

विशेष