सम्झदालार्इ पटक पटक बोलाउँदा पनि नआएपछि बच्चा मारिदिएको हुँः दिनेश

सम्झदालार्इ पटक पटक बोलाउँदा पनि नआएपछि बच्चा मारिदिएको हुँः दिनेश

काठमाडौं । शान्तिनगरमा दुई बच्चाको हत्या गरी फरार भएका दिनेश यादब पक्राउ परेका छन्। लिभिङ टुगेदरमा रहेकी प्रेमिका सम्झदा सरदारका दुई बच्चा मारेर शव खाटमुनी लुकाएर उनी फरार भएका थिए।

 

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सिराहाबाट शनिबार पक्राउ गरेको हो । प्रेमिकाले छाडेर विराटनगर बस्न थालेपछि त्यसको रिसमा आफुले बच्चाको हत्या गरेको बताएका छन्।

 

शान्तिनगरको सुकुम्बासी बस्तीस्थित टहरामा बस्ने यादबले सप्तरीको भोलहिया घर भएका ८ वर्षिय सुजन सरदार र उनका भाई ६ वर्षिय सुशिल सरदारको हत्या  गरेका थिए। शुक्रबार उनीहरुको शव भेट्टिएको थियो। 

 

दुवै बच्चा हराएको भन्दै आफन्तले चैत ३ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार दिनेश सम्झनासँग सँगै बस्दै आएका थिए। करिब एक महिना अघि सम्झना बच्चा आफ्नो आमालाई छाडेर होटलमा काम गर्न विराटनगरमा बस्न थालेकी थिइन्। 

 

उनको आमा पनि सोही सुकुम्बासी बस्तीमा बस्दछिन्। बच्चाहरुलाई आफ्नो डेरामा फकाएर बोलाई उनले हत्या गरेको खुलेको छ। पक्राउ परेका यादब ज्यामी काम गर्ने व्यक्ति हुन्। कामकै सिलसिलामा उनको सम्झनासँग भेट भई प्रेमसम्बन्धमा जोडिएका थिए।

 

पहिलो श्रीमानसँग सम्बन्ध टुटेपछि सम्झना दिनेससँग लिभिङ टुगेदरमा थिइन् । तर, उनीहरुबीच पटक पटक झगडा हुने गरेको थियो।  

 

एक महिनाअघिदेखि नै उसलाई काठमाडौं आउन आफुले पटक पटक बोलाएको तर उनी नआएको यादबले बताएका छन्। पहिले नै उनले सम्झनालाई बच्चा मारिदिने भनेर धम्की दिएका थिए। 

याे पनि

 अाफ्नै बुबाले गरे दुई सन्तानको हत्या

पक्राउ दुई बच्चाको हत्या दिनेश यादब

संम्बधित खबर

विशेष