News मुख्य समाचार राजनीति

लुम्बिनीमा आयोजित शान्ति र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

लुम्बिनीमा आयोजित शान्ति र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओली २५ सय ६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति  र्‍यालीमा सहभागी भएका छन् । 

 

लुम्बिनीबाट शुरु भएको शान्ति र्‍यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी रहेका थियो ।  र्‍यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायतकाे पनि सहभागीता थिए। 

 

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गरेका थिए । आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आउनुभएका प्रधानमन्त्री आजनै काठमाडौँ फर्कने कार्यक्रम छ । 

प्रधानमन्त्री ओली लुम्बिनी शान्ति र्‍याली

विशेष