News भिडियो

मदनकृष्णको ‘मनपर्ने मान्छे’: गुन्जिरह्यो, जलिरह्यो... (भिडियो)

मदनकृष्णको ‘मनपर्ने मान्छे’: गुन्जिरह्यो, जलिरह्यो... (भिडियो)

काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नी पत्निको लागि समर्पित गर्दै एउटा गीत गाएका थिए, ‘अरबौं मान्छेहरुमा तिमी एक मनपर्ने मान्छे !’

मंगलबार मदनकृष्णकी पत्नि यशोधाको पार्थिव शरिरमा लगाइएको अग्निको धुवाँले पशुपति आर्यघाटको आकाश डम्म भरिँदा मदनकृष्ण मौन र श्तब्ध थिए । पृष्ठभुमिमा गुन्जिरहेको थियो, उनकै गीत, तिमी एक मन पर्ने मान्छे...।

यशोदालाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा उभिएका सबै कलाकार पनि भावुक भए । केही वर्षयता बिरामी हुँदैआएकी यशोधाको निधन भएपछि मदनकृष्ण एक्लो महसुश गरिरहेका देखिए ।

मदनकृष्ण र यशोधाको ४४ वर्षे वैवाहिक जीवन सहृदयी र रोमान्चक रहेको मदनकृष्णका विभिन्न संस्मरणमा उल्लेख छ । उनको लामो कलाकारितामा यशोधाको महत्वपूर्ण भुमिका रह्यो ।

मदनकृष्णको उनै ‘मन पर्ने मान्छे’को निधन मदनकृष्णका लागि लागि मात्रै नभएर उनका सहृदयी र शुभचिन्तकका लागि पनि अप्रिय लाग्यो ।

क्यान्सर प्रभावित यशोदाको मंगलबार मध्यान्ह पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको हो । यशोदालाई छोरा यमन श्रेष्ठले दागबत्ती दिएका थिए ।

५ वर्षयता विभिन्न रोगको सामना गर्दैआएकी यशोधा ६८ वर्षको उमेरमा बिदा भइन् । हरिसिद्धस्थित क्यान्सर अस्पतालमा उपचाररत उनको सोमबार राति निधन भएको हो ।

७ महिनाअघि ४४ औं वैवाहिक वर्षगाँठको अवसरमा मदनकृष्णले संस्मरणात्मक पुस्तक ‘महको म’ सार्वजनिक गरेका थिए । पुस्तकका केही अंशमा यशोधाको प्रशंसा पनि गरेका छन् ।

मदनकृष्ण श्रेष्ठ यशोदा सुवेदी श्रेष्ठ आर्यघाट

विशेष