News

कलाकार मदनकृष्ण श्रेष्ठकी पत्निको निधन

कलाकार मदनकृष्ण श्रेष्ठकी पत्निको निधन

 काठमाडाैं । वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठकी श्रीमती यसोधा श्रेष्ठको निधन भएको छ ।

 

यशोदा श्रेष्ठको सोमबार राति ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो ।

 

क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा चल्ने गरेका थिएनन् । उनको विहान नौबजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनका एक छोरा, एक छोरी छन् ।

विशेष