प्रधानमन्त्री अाेलीले अाज संघीय संसदका दुवै सदनलार्इ सम्बोधन गर्ने

भारत भ्रमणबारे जानकारी गराउने

प्रधानमन्त्री अाेलीले अाज संघीय संसदका दुवै सदनलार्इ सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् । उनले २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमणका बारेमा संसद्लाई जानकारी गराउने भएका हुन् । 

 

संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन् ।

 

प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । 

 

सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

केपी ओली संसद

संम्बधित खबर

विशेष