News

मन्त्रिपरिषद बैठक बस्दै, संसद अधिवेशन अन्त्यको तयारी

मन्त्रिपरिषद बैठक बस्दै, संसद अधिवेशन अन्त्यको तयारी

काठमाडौं ।  सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । त्यसका लागि आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ ।

 

अाज साढे १० बजे बस्ने मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपति समक्ष पठाउने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

 

अधिवेशन अन्त्यको तयारी हुँदै गर्दा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद बैठकलाई सम्बोधन गर्दैछन् । जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

 

त्यसको कम्तिमा १५ दिनअघि नै बजेट अधिवेशन सुरु हुन्छ । प्रतिनिधिसभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । त्यसयता १० पटक प्रतिनिधिसभाको बैठक बसिसकेको छ ।

सरकार मन्त्रिपरिषद बैठक प्रतिनिधिसभा

विशेष