News प्रदेश २

घुस लिँदै गर्दा ​इञ्जिनियर नगदसहित रंगेहात पक्राउ

घुस लिँदै गर्दा ​इञ्जिनियर नगदसहित रंगेहात पक्राउ

बारा । अख्तियारको टोलीले एक जना इञ्जिनियरलाई नगदसहित रंगेहात पक्राउ गरेको छ ।

 

टोलीले साढे ९ हजार रकम सहित इञ्जिनियरलाई बुधबार रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका डिएसपी महेन्द्र खड्काको टोलीले विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका इञ्जिनियर रत्नेश चौधरीलाई कार्यालयमै नगद रकम घुस लिरहेको अवस्थामा बुधबार दिउँसो पक्राउ परेका हुन् ।

 

चौधरीले सेवाग्राहीहरुसँग विद्युत जडान गर्न घुस रकम मागेका थिए । पक्राउ परेका चौधरीलाई अनुसन्धानका लागि हेटौंडा लगिएको छ

घुस अख्तियार इञ्जिनियर रंगेहात पक्राउ

विशेष