News मनोरञ्जन चाडै आउदैछ

नेपाली चलचित्र 'तिमी सँग'लाई युनिभर्सल सर्टिफिकेट

नेपाली चलचित्र 'तिमी सँग'लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं । यो साताको शुक्रबार अर्थात् २३ चैतबाट प्रदर्शनमा आउने फिल्म 'तिमी सँग' सेन्सर पास भएको छ। चलचित्र विकास बोर्डअन्तर्गतको सेन्सरले फिल्म 'तिमी सँग'लाई युनिभर्सल सर्टिफिकेट दिएको छ। सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिहरुले हेर्न पाउनेछन्।

 

 फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन, सुनिल बिक, शिशिर राणालगायतको मुख्य भूमिका छ। एउटा यात्राको कथामा निर्माण भएको फिल्मलाई शिशिर रानाले निर्देशन गरेका छन्। 

 

शिशिरकै लगानी रहेको यस फिल्मको पटकथा पनि उनैले तयार पारेका हुन्। 'नमन प्रोडक्सन'को ब्‍यानरमा निर्मित यस फिल्ममा राहुल मुखर्जी, दीपक पाठक र रिदम कँडेलको संगीत छ। सुशील क्षेत्रीले खिचेको फिल्मलाई मनीष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। 
 

विशेष