News

छाउगाेठ भत्काउन महिला नै अग्रसर

छाउगाेठ भत्काउन महिला नै अग्रसर

स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइँदै छन्। मेल्लेख ७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ ।

 

गाउँगाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ। कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय गाउँमा भत्काउनका लागि मतो मिलाउने काम भइरहेको छ।

 

महिनावारी भएका बेला घरदेखि टाढा बस्नु ठिक नहुने निष्कर्षसहित निकाल्दै मेल्लेख गाउँपालिका ७ नन्देगडाको दुपाल्त टोलका महिलाले छाउपडी गोठ भत्काएका छन्।

 

बढी स्याहारसुसार चाहिनुपर्ने महिनावारीका बेला गोठमा बस्नुपर्दा ज्यानसमेत गुमाउने र विभिन्न खाले हिंसा सहनुपरेकाले गाँउका यस्ता गोठ भत्काएर महिनावारीमा घरमै बस्न थालेको स्थानीय अगुवा पुतलीदेवी खत्रीले बताइन्।

 

स्थानीय महिलाले सोमबार गाँउका सबै गोठ भत्काएको उनले जानकारी दिइन्। 
 

विशेष