News

थाहा पाउनुस् प्रदेश मुख्यमन्त्री तथा मन्त्रीकाे तलबदेखि सेवासुविधासम्म

थाहा पाउनुस् प्रदेश मुख्यमन्त्री तथा मन्त्रीकाे तलबदेखि सेवासुविधासम्म

सातवटै प्रदेशका मुख्यमन्त्रीलाई राज्यद्वारा दिइने विभिन्न सुविधासहित मासिक तलब ६० हजार नौ सय रुपैयाँ तोकिएको छ। 

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार तयार गरी पठाएको नमुना कानुन मस्यौदामा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्रीको सेवासुविधा तोकेर पठाएको हो। 

कानुनअनुसार प्रदेश मन्त्रीको मासिक तलब ५२ हजार, राज्यमन्त्रीको ४९ हजार, सहायक मन्त्रीको ४७ हजार रुपैयाँ तोकिएको छ। प्रदेश सरकार बनेको दुई महिनापछि केन्द्र सरकारले सातवटै प्रदेशका मुख्यमन्त्रीको सेवासुविधा र पारिश्रमिक तोकेर नमुना कानुन पठाएको हो। 

 

कानुन मन्त्रालयले पठाएको नमुना कानुन प्रदेशका सांसदले सभामा छलफल गरी थपघट गर्न सक्नेछन्। नमुना कानुनलाई प्रदेशसभाले पारित गरी कानुनको रूपमा कार्यान्वयन गर्न सक्नेछ। 

 

मुख्यमन्त्रीदेखि सहायकमन्त्रीसम्मलाई आवास सुविधा, फर्निचर, सवारीसाधन, इन्धन, सञ्चार सुविधा, धारा, बिजुली, दैनिक भ्रमण भत्ता, अतिथि सत्कारलगायत विषयमा रकम छुट्याइएको छ। सातै प्रदेशका मुख्यमन्त्रीलाई एकएक वटा मोटरको व्यवस्था कानुनमा गरिएको छ। 

 

आवास सुविधा मासिक १२ हजार रुपैयाँ, फर्निचरका लागि मासिक १५ हजार, इन्धन १५० लिटर र सञ्चार सुविधाका लागि मासिक दुई हजार रुपैयाँ तोकिएको छ।
 

विशेष