News

भैंसीले हानेर घाइते भएका बस्नेतकाे ज्यान गयाे

भैंसीले हानेर घाइते भएका बस्नेतकाे ज्यान गयाे

सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर–१, को तिनतलेमा भैँसीले हानेर एक जनाको ज्यान गएको छ ।

 

स्थानीय ६९ वर्षीय गन्थबहादुर बस्नेतलाई मंगलबार भैँसीले हान्दा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

 

बिहान छिमेकी टेकबहादुर बस्नेतको भैँसीले बाटो हिँड्ने क्रममा बस्नेतलाई हानेर घाइते बनाएको थियो । 

 

बिहान ११ बजे भैँसीले हानेर घाइते भएका बस्नेतलाई आफन्तले भेटेर अस्पताल लैजाने तयारी गर्दैगर्दा ज्यान गएको स्थानीयले बताएको छ ।

विशेष