अमेरिकाकाे युट्युब मुख्यालयमा गाेली चल्याे, बन्दुक चलाउने महिलाद्वारा अात्महत्या
अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युब च्यानलको मुख्यालयमा गोली चलेको छ। एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएर आत्महत्या गरेकी हुन्।
प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ। घाइते भएका एक युवकको अवस्था गम्भीर छ। बीबीसीका अनुसार घाइतेमध्ये एक युवक आक्रमणकारीका 'ब्वाइफ्रेण्ड' हुन्। गोली चलाउनुको कारण खुलेको छैन ।
प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ। यूट्युब मुख्यालयमा करिब एक हजार सात सय कर्मचारी काम गर्छन्।