काठमाडाैंका प्रमुख जिल्ला अधिकारी नै अनभिज्ञ छन् बलात्कारका घटनाप्रति
काठमाडाैं । पछिल्लो समय बलात्कारक घटना अस्वाभाविक रुपमा बढ्दै जान थालेपछि मंगलबार महानगरीय प्रहरी परिसर टेकुले एक कायक्रममा परिसरका मुद्दा शाखाका डीएसपी मोहन थापाको घटना विवरण सुनाउँदा काठमाडौं प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा छक्क परे ।
थापाले बलात्कारमा १६ वर्षभन्दा कम उमेरका अविवाहित किशोरी बढी पीडित भएको तथ्य सुनाएका थिए ।
देशभरिका घटना विश्लेषण गर्दा ८.६० प्रतिशतका दरले करणी बढेको देखिन्छ । यो अवस्था प्रहरी प्रधान कार्यालयका अनुसार हरेक वर्ष बढ्दै गएको छ ।
जब त्यहाँ करणी भएका मुद्दाका बारेमा प्रहरीले बताउँदै उति नै प्रजिअ शर्मा छक्क पर्दै गए । कार्यक्रममा उनले यस्तो पाशविक घटना बढ्नुमा दुख बोध भएको भन्दै आफूलाई केही जानकारी नभएको जस्तो गरी पन्छिन खोजे ।
उनले भने, ‘यसरी विवाहित पुरुषले नै अपराध बढी गर्दा रहेछन्, मलाई त थाहा नै थिएन, अहिले लज्जाबोध भइरहेको छ । यस्तो करणीको घटना नियन्त्रणमा प्रहरी संवेदनशील भएर लाग्नुपर्छ ।
पीडितलाई न्याय र पीडकलाई कडाभन्दा कडा सजाय दिनुपर्ने औपचारिक भाषण पनि उनले गरे ।