News अपराध सुरक्षा

नातिनीलार्इ करणी गर्ने एक व्यक्ति पक्राउ

नातिनीलार्इ करणी गर्ने एक व्यक्ति पक्राउ

नातिनीलाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

 

पाँचथरका ५८ वर्षीय एक व्यक्तिले आफ्नी १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि करणी गर्दै अाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

 

कसैलाई भने मारिदिने धम्की िदएर उनले नातिनीमाथि त्यस्ताे कुकार्य गर्दै अाएका थिए। पछि स्थानीयले थाहा पाएपछि उनलार्इ प्रहरीकाे जिम्मा लगाइएकाे हाे । 


मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्तीकरणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए।

पीडितलाई सुरक्षित आवासगृहमा राखिएको प्रहरीले जनाएको छ। 
 

विशेष