एमाले स्थायी कमिटी बैठक अाज ३ बजे बस्दै
एमाले स्थायी कमिटी बैठक आज बस्दै छ।
हिजो नै बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले आजका लागि सारिएको हो।
बैठक आज दिउँसो ३ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, पार्टी एकता तथा सरकार सञ्चालनकाे समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ।
यसअघि मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताका प्राविधिक विषय मिलाउन एमाले र माओवादी केन्द्रले गठन गरेका दुई कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन बुझाएका थिए। दुवै पार्टी अागामी वैशाख ९ गते एकता घाेषणा गर्न सहमत भएका छन्।