News

डुबेर दुर्इ विद्यार्थीकाे ज्यान गयाे

डुबेर दुर्इ विद्यार्थीकाे ज्यान गयाे

धादिङ । गर्मीमा नुहाउन बूढीगण्डकी नदीमा गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ । 

 

त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकाेप्टरबाट काठमाडाँै लाँदै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए । 

 

नदीमा डुबेपछि उनीहरुलाई स्थानीयले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो, तर उनीहरू बाँच्न सकेनन् ।
––– 

विशेष