News

महानगर अाफैं भन्छ : निर्धारित समयमै भ्यू टावर बनाउन सक्दैनाैं

महानगर अाफैं भन्छ : निर्धारित समयमै भ्यू टावर बनाउन सक्दैनाैं

पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने लगभग निश्चित भएको छ । 

 

काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले बताएअनुसार काम अत्यन्तै सुस्तगतिमा भइरहेकाे छ । उनले निर्रधारित समयमै भ्यू टावर निर्माण गर्न नसकिने बताए । भ्यू टावरका लागि खम्बा राख्ने काम भइरहेको छ, जुन पहिलो चरणको काम हो । 

 

विसं २०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द विकोइ विल्ड र महानगरबीच निर्माण लागि सम्झैता भएको थियो । नियमअनुसार सम्झौता भएको पाँच वर्षमा निर्माणको काम सक्नुपर्नेछ । हाल टावर निर्माका लागि दैनिक ५० जना कामदार खटिएका छन् । 

 

शुरुमा २९ तलाको निर्माण गर्ने भने पनि २०७२ सालको भूकम्पले गर्दा १२ तलाको बनाउने तयारी गरिएको छ । निर्माण अवधिभरि निर्माण गर्ने कम्पनीले वार्षिक रु ९८ लाख र निर्माणपश्चात् वार्षिक रु दुई करोड ३५ लाखका दरले तिर्नुपर्छ भने वार्षिक पाँच प्रतिशतका दरले रोयल्टी वृद्धि हुनेछ ।


 

टावर निर्माणपछि महानगरको भौतिक समृद्धि वृद्धि हुने, पर्यटनलगायत क्षेत्रमा सकारात्मक प्रभाव पर्ने, उच्चस्तरीय सामान एकै स्थानमा प्राप्त गर्न सकिने बताइएको छ । 

 

करिब २३ रोपनी पाँच आना जमिनमा टावर निर्माण हुनेछ । सार्वजनिक–निजी साझेदारिताका विभिन्न ढाँचामध्ये संरचना निर्माण, सञ्चालन र त्यसपछि हस्तान्तरण गर्ने विधि बुटमार्फत ३० वर्ष टावर निर्माण पक्षले सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछ । 

विशेष